काठमाडौँ, २६ माघ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्न कूटनीतिक नियोगका प्रमुखहरु आज दशरथ रङ्गशाला पुग्नुभएको थियो ।
नेपालस्थित छिमेकी मित्रराष्ट्र भारत, चीन, श्रीलङ्कालगायतका मित्रराष्ट्रका राजदूत र कूटनीतिक नियोगमा कार्यरत कूटनीतिज्ञले स्व कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।
स्व कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न भुटानबाट गृहमन्त्री भोलि आउने कार्यक्रम रहेको कोइरालाका प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिनुभयो । यस्तै, भारतबाट नेसनलिस्ट काँग्रेस पार्टी अफ इन्डियाका महासचिव डिपी त्रिपाठी पनि भोलि आउने कार्यक्रम रहेको छ । रासस
No comments:
Post a Comment