Monday, February 15, 2016

विवाह भोजमा ‘नखाएको विष’

ललितपुर, ३ फागुन । साहित्यकार प्रा रामकुमार पाँडेले आफ्ना सुपुत्र टेथिस र बुहारी प्रेसनाको शुभविवाहको भोजमा आफ्नो पहिलो गजलसङ्ग्रह ‘नखाएको विष’ सावर्जजनिक गर्नुभएको छ ।

आइतबार साँझ आयोजित भोजमा सहभागी उपप्रधानमन्त्री कमल थापा, प्रधानसेनापति राजेन्द्र क्षत्री, हास्य कलाकार किरण केसी लगायतलाई उपहार दिएर उहाँले सो कृति सार्वजनिक गर्नुभएको हो । यसअघि उहाँको एउटा फुटकर गजल पनि पत्रपत्रिकामा प्रकाशनमा आएका थिएनन् ।
भूगोल विषयका प्रा पाँडे हास्यव्यङ्ग्यकार र हाइजिनका रुपमा चर्चित हुनुहुन्छ । उहाँका विभिन्न विषयका ३७ कृति प्रकाशित छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts