काँकडभिट्टा (झापा), २ माघ । भारतीय सीमानजिक ड्युटीमा खटिएका नेपाल प्रहरीका जवान अर्जुन योञ्जनको शनिबार मध्यराति मृत्यु भएको छ ।
ज्यामिरगढी–८ स्थित सतिघट्टाको ६ नम्बर पोस्टमा खटिएका प्रहरी जवान योञ्जन राति १२ बजे ड्युटीमै रहेका बेला अचानक बेहोस भएर ढल्नुभएको थियो । त्यहाँ उहाँसँगै अर्का एक प्रहरी जवान र नजिकै सशस्त्र प्रहरीसमेत ड्युटीमा थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीका अनुसार ड्युटीमै ढलेका जवान योञ्जनलाई उपचारका लागि तत्कालै विर्तामोडको बी एन्ड सी हस्पिटल लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा उहाँको निधन भएको ज्ञवालीले जानकारी दिनुभयो ।
योञ्जन ३ वर्षअघि मात्र प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । इलाम जिल्लाको गोदक–१ घर भएका उहाँको शव परीक्षण जाँचपछि दाहसंस्कारका लागि परिवारले आइतबार शव बुझेर लगेको छ । रासस
No comments:
Post a Comment