Monday, February 22, 2016

मानिस बेच्न खोज्ने दुई कारागार चलान

पथरी (मोरङ), ११ फागुन । एक महिलालाई बेचबिखन गर्न भारततर्फ लैजाने दुईजनालाई मोरङ जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि सोमबार साँझ कारागार चलान गरिएको छ ।

स्रेस्तेदार ध्रुव ढकालका अनुसार बेलबारी–११ का ३३ वर्षीय योगेश भन्ने वासुदेव राई र सुनसरी इटहरी–६ का ३१ वर्षीय कैलाश पोखरेललाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

जिल्ला अदालतका न्यायाधीश फडिन्द्रप्रसाद पराजुलीको इजलासमा सोमबार दिउँसो भएको बहसका क्रममा उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको स्रेस्तेदार ध्रुव ढकालले जानकारी दिनुभयो ।
गत माघ १५ गते २९ वर्षीया एक महिलालाई उनीहरुले विभिन्न प्रलोभन देखाएर बेचबिखनका लागि भारत लैजाने क्रममा इलाका प्रहरी कार्यालय रानीले विराटनगर २० हुलास मेटल नजिकबाट नियन्त्रणमा लिएर मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा चलाएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts