काठमाडौँ, २४ माघ । नेपाली काँग्रेस काठमाडौँका सभापति भीमसेनदास प्रधानले काठमाडौँ काँग्रेसको सभापति पदमा पुनः उम्मेदवारी दिनुहुने भएको छ ।
काँग्रेसको विधानअनुसार दुई कार्यकाल पार्टी सभापति हुन पाउने व्यवस्थाअनुसार प्रधानले आज पत्रकार सम्मेलन गरी भोलि माघ २५ मा हुने जिल्ला अधिवेशनमा सभापतिका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।
सम्मेलनमा प्रधानले नेका काठमाडौँ जिल्लाको सङ्गठनलाई सुदृढ र सशक्त बनाउन आफूले उम्मेदवार घोषणा गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “मेरो सभापतित्वकालमा संविधानसभा निर्वाचनमा काठमाडौँका १० सिटमध्ये ८ सिटमा काँग्रेसलाई जिताउन सफल भएकाले १३ औँ अधिवेशनका लागि मेरो उम्मेदवारी स्वभाविक हो ।”
भोलि हुने जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र काठमाडौँको जिल्ला अधिवेशन नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने काँग्रेस काठमाडौँले जनाएको छ । अधिवेशनको उद्घाटन पार्टी सभापति सुशील कोइरालाले गर्नुहुनेछ ।
काँग्रेसको भोलि हुने अधिवेशनमा एकहजार २६८ जना क्षेत्रीय प्रतिनिधिको सहभागिता रहने जनाइएको छ । रासस
No comments:
Post a Comment