तम्घास (गुल्मी), ९ फागुन । नेपाली कांग्रेस गुल्मीको सभापतिमा भुवनप्रसाद श्रेष्ठ निर्वाचित हुनुभएको छ । दोस्रो चरणमा भएको चुनावबाट उहाँले प्रतिस्पर्धी शालिकराम पन्थीलाई २५९ मतले पराजित गर्नुभएको हो ।
शनिबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि सभापतिको निर्वाचन आइतबार बिहान भएको थियो । सचिवमा खिलध्वज पन्थी निर्वाचित हुनुभएको छ । उहाँले प्रतिस्पर्धी महेन्द्र भण्डारीलाई फराकिलो मत अन्तरले पराजित गर्नुभएको थियो । कोषाध्यक्षमा हरिबहादुर खत्री निर्वाचित हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा क्षेत्र नम्बर १ बाट गोपालप्रसाद पाण्डे, धिरेन्द्र केसी, गोपालप्रसाद श्रेष्ठ, करुणा खरेल, सीता बलाल, श्रीप्रसाद थापा र पूर्णबहादुर सार्की निर्वाचित हुनुभएको छ । क्षेत्र नम्बर २ बाट थम्मन केसी, अनन्त पौडेल, अमृता देवी कुँवर, कल्पना घिमिरे, प्रकाश भलामी, कौरव खत्री र झबिन्द्र विक निर्वाचित हुनुभएको छ । यसैगरी, क्षेत्र नम्बर ३ बाट काशीबहादुर बोहोरा, नवीन जिसी, अनिसा अर्याल, सुशीला भुसाल, गोपालबहादुर थापा मगर र हरिकृष्ण विक निर्वाचित हुनुभएको छ । रासस
No comments:
Post a Comment