Sunday, March 20, 2016

फागुमा उच्छृङ्खल गतिविधि रोक्न योजना

काठमाडौँ, ७ चैत । फागु पूर्णिमामा उच्छृङ्खल गतिविधि रोक्न ट्राफिक प्रहरी महाशाखाले विशेष सडक सुरक्षा योजना तयार पारेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले यस वर्ष फागुमा मादक पदार्थ सेवन गर्ने, तीव्र गतिमा सवारी साधन चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, हेल्मेट नलगाउने, ध्वनि प्रदूषण गर्ने, सवारीसाधनको प्रयोग गरी रङ हान्ने जस्ता गतिविधिलाई नियन्त्रण गर्न योजना तयार पारिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौँ उपत्यकाका तीनै जिल्लाका नेपाल प्रहरीसँग ट्राफिक प्रहरीले संयुक्त रुपमा समन्वय गरी योजना कार्यान्वयन गर्ने छ । फागुको दिन बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म उपत्यकाका ५३ स्थानमा संयुक्त जाँच गरिने महाशाखाले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विक्रमसिंह थापाले उपत्यकामा मौजुदा तीन हजार प्रहरी परिचालन हुने गरेकामा फागुको दिन थप दुई हजार प्रहरी परिचालन गरिने जानकारी दिनुभयो ।

उहाँका अनुसार इच्छाविपरीत लोला हान्ने, होहल्ला गर्ने र मादकपदार्थ सेवन गर्नेलाई सार्वजनिक मुद्दा चलाइने छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts