Saturday, March 5, 2016

आफू विजयी भइसकेको जस्तो व्यवहार पाएँ : नेता पौडेल

काठमाडौँ, २२ फागुन । नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले आफूसँग भेट भएका सबै महाधिवेशन प्रतिनिधिहरुले विजय भइसकेजस्तो व्यवहार गरेको बताउनुभएको छ ।

सभापतिका उम्मेदवारसमेत रहनुभएका कावा सभापति पौडेलले आज काँग्रेसको बन्दसत्र सकिएपछि भृकुटीमण्डपस्थित मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा आफू विजयी हुने सुनिश्चित भएको दाबी गर्नुभयो ।

महामन्त्री प्रकाशमान सिंह र आफू अहिलेसम्म बन्दसत्रमा व्यस्त रहेको र अब निर्वाचनको तयारीमा लाग्ने उहाँले जानकारी दिनुभयो । अहिलेसम्म भेटिएका साथीहरुको प्रतिक्रियाबाट आफू निकै उत्साहित भएको उहाँको भनाइ थियो । “पार्टी कसरी अगाडि बढाउँदा राम्रो हुन्छ, कसलाई जिम्मेवारी दिँदा पार्टी सशक्त हुन्छ भन्ने कुरा आत्मैदेखि सोचेर मतदान गर्न दिन आह्वान गर्दछु” – उहाँले भन्नुभयो ।

महाधिवेशनमा भड्किलो प्रचार भयो भन्ने राससको जिज्ञासामा उहाँले उम्मेदवारहरुलाई भड्किलो प्रचार नगर्न आग्रह गर्दै प्रचारमा नयाँ प्रयोग हुनुलाई भने स्वाभाविकरुपमा नै लिनुपर्ने धारणा राख्नुभयो ।

काँग्रेसले संविधान कार्यान्वयनमा नेतृत्वदायी भूमिका लिने नीति पारित गरेको जानकारी दिँदै कावा सभापति पौडेलले यसका लागि सरकारमै जानैपर्ने बाध्यता नरहेको स्पष्ट पार्नुभयो । “प्रतिपक्षमा बसेरै मुलुकका समस्या समाधानका लागि नेतृत्व लिएका छौँ” – उहाँले भन्नुभयो ।

काँग्रेसले सरकारको नेतृत्व लिने बारेमा केही नसोचेको बताउँदै उहाँले पार्टीको नयाँ नेतृत्व आएपछि मात्रै त्यस बारेमा सोच्ने जानकारी दिनुभयो । उहाँले काँग्रेस सरकारमा जानेबारेमा अहिलेसम्म अन्य पार्टीहरुको धारणामात्रै आएको टिप्पणी गर्नुभयो ।

महाधिवेशनका दुईवटा मुख्य काममध्ये बन्दसत्रको काम सकिएको र निर्वाचनको काममात्रै बाँकी रहेको उहाँले बताउनुभयो । “यो बन्दसत्र मैले थाहा पाएसम्मकै सबैभन्दा शान्तिपूर्ण, सौहार्दपूर्ण, अनुशासित र उपलब्धिमूलक रह्यो”, उहाँले भन्नुभयो – “महाधिवेशनमा सहभागी सबै समझदार साथीहरुलाई दिलैदेखि धन्यवाद दिन चाहन्छु ।”

प्रतिनिधिहरुले दिएका रचनात्मक सुझावहरुलाई पार्टीले समेटेर नीति तथा कार्यक्रमलाई गाउँगाउँका कार्यकर्तासम्म पु¥याउने पनि उहाँले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts