पोखरा, २६ फागुन । स्वतन्त्र पत्रकार सङ्घ नेपालद्वारा प्रदान गरिँदै आइएको स्वतन्त्र पत्रकार महिला सम्मान यस वर्ष सञ्चारकर्मी शान्ति राणालाई प्रदान गरिएको छ ।
सञ्चार क्षेत्रमा क्रियाशील भई समाजलाई सुसूचित गर्ने महिला सञ्चारकर्मीलाई प्रत्येक वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी प्रदान गर्ने प्रचलनअनुरुप मंगलबार आयोजित एक कार्यक्रममा राणालाई यस वर्षको सम्मान प्रदान गरिएको हो ।
स्वतन्त्र पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद वास्तोलाका अनुसार सङ्घद्वारा सञ्चालित तथा अग्रणी समाजसेवी सूर्यनाथ उपाध्यायद्वारा उहाँकी स्व पत्नी तिलकुमारी बरालको स्मृतिमा स्थापित सम्मानको राशि नगद रु पाँच हजार एक र सम्मानपत्र रहेको छ ।
राणालाई नेकपा (एमाले) की नेत्री एवम् सांसद सीता गिरी ओलीले नगदसहित सम्मानपत्र प्रदान गर्नुभयो ।
सम्मानित राणा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखराकी कार्यक्रम संयोजक हुनुहुन्छ ।
उक्त सम्मानबाट यसअघि सञ्चारकर्मी दुर्गा अधिकारी, शिला गुरुङ र रविना आलेमगर सम्मानित भइसक्नुभएको छ । रासस
No comments:
Post a Comment