काठमाडौ, २२ फागुन । नेपाली काँग्रेसको विदेशस्थित जनसम्पर्क समितिका अधिकांश नेताले पार्टीको आगामी नेतृत्व गतिशील हुनुपर्नेमा जोड दिएका छन् ।
समितिका तर्फबाट आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अमेरिका, बेलायत, कतार, दक्षिण कोरिया, नेदरल्याण्ड, जापान, जर्मनी, बेल्जियमलगायतका महाधिवेशन प्रतिनिधिले परिवर्तनका लागि गतिशील नेतृत्वको आवश्यकता औँल्याउनुभएको हो ।
बेलायत जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधि लोक गुरुङले “काँग्रेसले बनाएको संविधान कार्यान्वयन गर्न गतिशील नेतृत्व आवश्यक पर्छ”– भन्नुभयो ।
जनसम्पर्क समिति जर्मनीका संस्थापक सभापति दिल गुरुङ, जनसम्पर्क समिति अमेरिकाका आनन्द विष्ट, कतारका विमल सुवेदी, दक्षिण कोरियाका गिरिराज कुँवर, नेदरल्यान्डका नारायण आचार्य, जापानका नारायण सुवेदी, बेल्जियमका गङ्गाधर गौतमलगायत विदेशबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिले बदलिँदो परिस्थितिमा मुलुक र पार्टी नेतृत्व गर्न स्पष्ट नीति र कार्यक्रम भएको सक्षम नेतृत्वको आवश्यकतामा जोड दिनुभएको थियो ।
महाधिवेशनमा १७ मुलुकका १२६ महाधिवेशन प्रतिनिधिको सहभागिता रहेको काँग्रेस निर्वाचन समितिले जनाएको छ । रासस
No comments:
Post a Comment