Monday, March 21, 2016

‘शेरबहादुरजी सरकारमा आउनूस्’ : नेता नेपाल

रुकुम, ८ चैत । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अहिलेको सरकारलाई राष्ट्रिय सरकारको स्वरुप दिन नेपाली काँग्रेस पनि सरकारमा सहभागी हुनुपर्ने बताउनुभएको छ ।

आज बिहान प्रेस चौतारी रुकुमले मुसिकोटमा आयोजना गरेको पत्रकारसम्मेलनमा नेता नेपालले नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई नेकपा (एमाले)ले नेतृत्व गरेको सरकारमा सहभागी हुन आग्रह गर्नुभयो । “शेरबहादुरजी सरकारमा आउनूस्, सँगै हातेमालो गरौँ, विकास निर्माणलाई तीव्रता दिऔँ, सङ्घीयतालाई संस्थागत गरौँ, नमिलेका कुरालाई मिलाएर अगाडि बढौँ”, उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले देशमा लोकतान्त्रिक संविधान आउन सफल भएको भन्दै अब संविधानको कार्यान्वयन गर्ने र विकासको नयाँ अभियान सुरु गर्ने जिम्मेवारी एमालेको काँधमा थपिएको बताउनुभयो ।

फरक प्रसङ्गमा वरिष्ठ नेता नेपालले कृषिमा आधुनिकीकरण गरेर देशको अर्थतन्त्रलाई बलियो बनाएर राष्ट्रलाई अल्पविकसितको सूचीबाट हटाई विकासशीलमा ल्याउनुपर्ने आवश्यकतामा जोड दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts