Tuesday, March 22, 2016

प्रमद्वारा ह्वाइट प्यागोडा अवलोकन

बेइजिङ, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार अपराह्न बेइजिङस्थित श्वेत चैत्य (ह्वाइट प्यागोडा)को अवलोकन गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्रीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरा तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, चीनका लागि नेपाली राजदूत डा महेशकुमार मास्केलगायत उच्च अधिकारीहरु हुनुहुन्थ्यो ।

सो श्वेत चैत्य चौधौँ शताब्दीमा नेपालका कलाकार अरनिकोले बनाएको इतिहासमा उल्लेख छ । विश्व सम्पदा सूचीमा परेको सो स्थानमा अरनिकोको सालिक पनि रहेको छ । अरनिकोलाई चीनमा अत्यन्त श्रद्धाका साथ लिने गरिन्छ । तीर्थ भट्टराई/रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts