Tuesday, March 8, 2016

राष्ट्रपति सैनिक मुख्यालयको विशेष समारोहमा सरिक

काठमाडौँ, २५ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसको उपलक्ष्यमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज साँझ आयोजित विशेष समारोहमा सरिक हुनुभयो ।

राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुहुन्थ्यो ।

समारोहमा उपप्रधानमन्त्री, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, अरु सुरक्षा निकायका उच्च अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्व उपस्थित हुनुहुन्थ्यो ।

सो अवसरमा नेपाली सेनाले नेपाली वेशभूषा र संस्कृति झल्कने विविध मनोरञ्जनात्मक गीत तथा सङ्गीत प्रस्तुत गरेको थियो । नेपाली सेनाले शिवरात्रिको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts