Tuesday, March 22, 2016

काममा रहँदा रहँदै प्रनानिको मृत्यु

गौशाला, ९ चैत । महोत्तरी जिल्ला प्रहरी कार्यालयबाट काममा खटिँदा खटिँदै आज नायब निरीक्षक रामबहादुर खत्रीको मृत्यु भएको छ ।

गोरखा जिल्ला, रानीस्वाँरा गाविस–३ घर भई महोत्तरी जिल्लाको इलाका प्रहरी कार्यालय गौशालामा दरबन्दी रहेका खत्रीको आज बिहान ६ बजे चानक बेहोस भएर लडेकामा तत्काल उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा लैजाँदा चिकित्सकले मृत घोषित गरेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

खत्रीको शव परीक्षणका लागि जिल्ला अस्पतालमै राखिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts