Friday, March 4, 2016

एमालेको नीतिअनुसार देशमा आर्थिक विकास र समृद्धि हुन्छ : प्रम

त्रिशूली (नुवाकोट), २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो महाधिवेशनपछि नेपाली काँग्रेस पनि वर्तमान सरकारमा आउने बताउनुभएको छ ।

नेकपा (एमाले) नुवाकोटको छैटौँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले कतिपयले काँग्रेस महाधिवेशनपछि सरकार परिवर्तन हुन्छ भन्ने हल्ला मात्र चलाएको बरु सरकार परिवर्तन नभई काँग्रेस पनि सरकारमा आउने जिकिर गर्नुभयो ।

संविधान बनेपछि जनताका अधिकार स्थापित भएको बताउँदै उहाँले अब देश समृद्धिको बाटातर्फ अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो–“राजनीति र देशमा एमालेले जे भन्छ, त्यही हुन्छ, देशको आर्थिक विकास र समृद्धिका लागि एमालेले जे भन्छ त्यो पूरा गरेरै छाड्छ, एमाले देशको सशक्त पार्टी भएकाले अब एमालेको नीतिअनुसार देशमा आर्थिक विकास र समृद्धि हुन्छ ।”

सो अवसरमा एमालेका पोलिटब्युरो सदस्य महेन्द्रबहादुर पाण्डे र युवा नेता केशव पाण्डेले गुटउपगुटबाट माथि उठेर एमालेलाई सशक्त पार्टीका रूपमा उभ्याउन सुझाव दिनुभयो । एमाले नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा एमाले नुवाकोटको सङ्गठन निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने युवराज कार्की, सुरेश कार्की, नरनाथ लुइँटेल, महेन्द्रबहादुर पाण्डे, राजेन्द्रप्रकाश लोहनी, गोविन्द नेपाली लगायतलाई सम्मान गरिएको थियो । तीनदिने अधिवेशनमा करिब ६१० प्रतिनिधिको सहभागिता छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts