Saturday, March 19, 2016

दुर्घटनामा १५ घाइते

दोलखा, ६ चैत । दोलखाको धार्मिकस्थल भीमेश्वर मन्दिर दर्शनका लागि ललितपुरको बडिखेलबाट आएको बा १ ख ६६३३ नम्बरको बस भीमेश्वर नगरपालिका–२ बनटोपरमा दुर्घटना हँुदा १५ यात्रु घाइते भएका छन् ।

दुर्घटनामा बडिखेलका गोमा नगरकोटी, लक्ष्मी तमाङ गम्भीर घाइते भएका छन् भने अन्य १३ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । घाइतेको चरिकोटस्थित गौरीशङ्कर अस्पतालमा भइरहेको छ ।

खाना खाने विषयमा यात्रुको बस चालकसँग विवाद भएको र चालकले रिसाएर बस चलाउँदा दुर्घटना भएको यात्रीले बताएका छन् ।

दुर्घटनापछि बसका चालक फरार भएको र दुर्घटनाबारे छानविन भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts