Friday, March 18, 2016

पाँच महिलाको उद्धार

काँकडभिट्टा (झापा), ५ चैत । रोजगारीको प्रलोभनमा पारेर भारतमा बेच्न लगिँदै गरेका पाँच महिलाको आज प्रहरीले कुमरखोदबाट उद्धार गरेको छ ।

उद्धार गरिएका महिला चितवन, मकवानपुर र कञ्चनपुरका हुन् । उनीहरुलाई दलाल मार्फत झापा ल्याएर स्थानीयवासी महेश भट्टराईका घरमा राखिएको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा फेला परेका हुन् ।

प्रहरीले भट्टराईलाई पक्राउ गरी मानब बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक भीम दाहालले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts