काठमाडौँ, १५ चैत । नेपाल प्रज्ञा–प्रतिष्ठानको ५८औँ वार्षिकोत्सवका आयोजित राष्ट्रिय कविता महोत्सवमा प्रथम घोषित प्रोल्लास सिन्धुलीयको ‘गाउँको बुद्धालय’ शीर्षकको कविता पूर्वप्रकाशित भइकेको भनी विवादमा तानिएको छ ।
आइतबार सम्पन्न कविता प्रतियोगितामा सो कविता प्रथम भएको निर्णय सार्वजनिक भएको थियो । सो कविता गत कात्तिक अङ्कको मधुपर्क मासिकमा प्रकाशित भएको पाइएको छ । गत असार ९ मा महोत्सव हुनुपर्नेमा भूकम्पका कारणपछि सरेको थियो । प्रतिष्ठानले अप्रकाशित कविता माग गर्ने गर्छ ।
प्रतिष्ठानका सदस्यसचिव डा जीवेन्द्रदेव गिरीले सो सम्बन्धमा आफूले पनि चर्चा सुनेको भन्दै प्राज्ञ परिषद्को बैठक बसेर आवश्यक निर्णय गरिने बताउनुभयो । रासस
No comments:
Post a Comment