Sunday, March 6, 2016

बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

बागलुङ बजार, २३ फागुन । पर्वतको मालढुङ्गामा मोटरसाइकल र बस एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

पर्वतको कुस्मा बजारबाट बागलुङबजार आउँदै गरेको ग१प ३९९७ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ग१ख ४०९० नंको बस मालढुङ्गामा आज बिहान १० बजे एक आपसमा ठोक्किँदा बागलुङ नगरपालिका–४ का मोटरसाइकल चालक चन्द्रप्रकाश शर्माको मृत्यु भएको हो ।

सोही मोटरसाइकलमा सवार पैँयुथन्थापकी दुर्गा मल्ल गम्भीर घाइते भएकी छन् घाइतेको थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts