काठमाडौँ, ६ चैत । पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिले गत वैशाखमा गएको विनाशकारी भूकम्पमा राहत तथा उद्धारमा खटिएका युवालाई आज कदरपत्रसहित सम्मान गरेको छ ।
भूकम्पपश्चात गौशाला क्षेत्रमा घाइतेको उद्धार, शव व्यवस्थापन, भग्नावशेष हटाउन र आवास निर्माणमा सहयोगमा लागेका सय युवालाई समितिले सम्मान गरेको हो ।
नेपाली काँग्रेसका सांसद गगन थापाले भूकम्पको बेला उच्च मनोबलका साथ मानवीय कार्यमा लागेकामा धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
समितिका अध्यक्ष रमेश महर्जनले भूकम्पपश्चात् परकम्पको बीचमा समेत दुई महिनासम्म युवाहरुको सो समूहले निरन्तर राहत तथा उद्धारमा खटिएकाले सम्मानस्वरुप कदरपत्र प्रदान गरिएको जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment