नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) ले आगामी चैत २७ गते मोटर र्याली आयोजना गर्ने भएको छ । नासाले सेती महाकाली ट्रक व्यवसायी संघको सहकार्यमा धनगढीबाट सुरm भई मनोरम चिसापानीसम्म मोटर र्यालीको आयोजना गर्ने भएको हो । टाइम, डिस्ट्यान्स र स्पिड (टीडीएस) प्रबिधिद्वारा मापन गरिने यस मोटर र्यालीमा ५० कारको सहभागीता हुने र्यालीका संयोजक एबं सेती महाकाली ट्रक व्यवसायी संघका अध्यक्ष श्री दिपक बमले जानकारी गराएका छन् ।
कुल ९३ किलोमिटरको उक्त र्याली धनगढीबाट सुरm भई अत्तरिया, चमला, मसुरिया, पहलमानपुर, घोडाघोडी, सुखड, लम्की हुँदै चिसापानीमा गई समापन हुनेछ । सो र्याली मार्फत सडक सुरक्षा र आन्तरिक पर्यटनको पनि प्रबद्र्धन हुने आयोजकले जनाएको छ ।
वि.सं. २०६४ सालमा स्थापित नेपाल अटोमोवाइल्स् एसोसिएसन (नासा) नेपालमा मोटर, मोटरसाइकल स्पोर्टस् तथा अटोमोवाइल क्षेत्रसंग सम्बन्धित राष्ट्रिय खेलकूद परिषद र पर्वतीय खेलकूद महासंघमा आबद्ध राष्ट्रिय संघ हो । मोटर स्पोर्टस्, अटोमोवाइल मोविलिटी, टुरिजम तथा रोड सेफ्टी यसका मुख्य तीन कार्य हुन् , जसमा मोटर तथा मोटरसाइकलका खेल प्रतियोगिताको आयोजना, व्यवस्थापन र सुपरिवेक्षण पर्छन् ।
No comments:
Post a Comment