Sunday, March 20, 2016

काजकिस्तानमा संसदीय निर्वाचन सुरु

काजकिस्तान, ७ चैत । काजकिस्तानमा आइतबार विहानबाट संसदीय निर्वाचन सुरु भएको छ ।

सो निर्वाचनमा छ वटा राजनीतिक पार्टीबाट २३४ जना उम्मेदवारहरु को सहभागीता रहेका जनाइएको छ ।

संसद्को तल्लो संदनका ९८ सिटको लागि आइतबार सो मतदान सुरु भएको हो ।

मध्य एसियामा रहेको यस देशका संसदीय निर्वाचनको नौं लाखभन्दा बढी मतदाता रहेका छन् भने, नौं हजार ८४० भन्दाबढी मतदान केन्द्र रहेका छन् ।

थप ६५ वटा मतदान केन्द्र चीन र रसियामा समेत राखिएको जनाइएको छ । सो देशमा यात्रामा रहेका काजकिस्तानी नागरिकको लागि उक्त बन्दोबस्त मिलाइएको जनाइएको छ ।

यस निर्वाचनका लागि ९६४ जना अन्तर्राष्ट्रिय अवलोकनकर्तासमेत रहेका छन् । रासस ÷सिन्ह्वा

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts