हेटौँडा, २४ फागुन । मकवानपुर जिविस र जिल्ला पर्यटन विकास समितिको आयोजनामा आज हेटौँडामा तेस्रो जिल्लास्तरीय पञ्चैबाजा प्रतियोगिता सम्पन्न भएको छ ।
सो प्रतियोगितामा भ¥याङ्काली नौमती पञ्चैबाजा समूह सरिखेत पलाँसे प्रथम, मनकामना नौमती पञ्चैबाजा मनरे दोस्रो र नौमती बाजा हाँडीखोला तेस्रो भएका छन् । प्रतियोगितामा प्रथम, द्वतीय र तृतीय हुनेलाई सभासद् अनन्तप्रसाद पौडेलले क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार नगदसहित प्रमाणपत्र प्रदान गर्नुभयो ।
प्रतियोगितामा मकवानपुरको चारवटा पञ्चेबाजा समूहको सहभागिता थियो । लोकसांस्कृतिलाई जीवन्त राख्न मकवानपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेलाका अवसरमा सो प्रतियोगिता गरिएको हो । रासस
No comments:
Post a Comment