Tuesday, March 22, 2016

ट्र्याक्टर दुर्घटनामा मृत्यु

रामपुर (पाल्पा), ९ चैत । अर्घाखाँची र पाल्पाको सिमानामा पर्ने अर्घातोसको ठुलपोखरामा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका गाडीधनी ४० वर्षीय तारानाथ पाण्डेको घटनास्थलमै मृत्यु भएको छ ।

ठुलपोखराबाट म¥याङतर्फ बेसार लिन जाने क्रममा लु३त ३४१९ नंको ट्र्याक्टर दुर्घटना भई सडकबाट करिब सात मि तल खसेको थियो ।

ट्र्याक्टरमा सवार तीन घाइतेलाई उपचारका लागि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क लगिएको प्रहरी निरीक्षक सुजनकुमार राजभण्डारीले जानकारी दिनुभयो । ट्र्याक्टर चालक र गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts