अच्युत रेग्मी
काठमाडौ, २१ फागुन । नेपाली जनसम्पर्क समिति बेल्जियमको प्रतिनिधीमा विदेशी नागरिकलाई बनाएको भन्दै आपत्ती जनाएको छ ।
विदेशी नागरिकता लिएकालाई महाधिवेशन प्रतिनिधी बनाएको र क्रियाशिल भेलाको बहुमतबाट प्रतिनिधी चयन भएका नेपाली नागरिकहरुलाई प्रतिनिधी हुन बञ्चित गरिएको भन्दै समितिका सल्लाहकार विजय मल्लले आपत्ती जनाउादै पार्टी कार्यलयमा निवेदन दर्ता गराउनुभएको छ ।
जनसम्पर्क समितिको हकमा ५०० भन्दा बढि क्रियाशिल सदस्य भएपछि मात्र सातजना प्रतिनिधीले महाधिवेशनमा भाग लिन पाउने व्यवस्था गरिएको छ ।
जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने प्रतिनिधीले आउदा जादा प्रयोग गरेको राहदानी पेश गर्नुपर्ने व्यवस्था राख्नुपर्नेमा त्यसको वास्ता नगरी विदेशी नागरिकलाई प्रतिनिधी बनाइएको मल्लले बताउनुभयो ।
समितिका सदस्य उल्का घिमिरेले बेल्जियममा ५०५ क्रियाशिल सदस्य भएको र क्रियाशिल सदस्यमध्ये केहीको नाम दोहोरिएका कारण सूचीबाट हटाउन माग गरेको र उक्त नाम सूचीबाट हटेपश्चात आवश्यक सङ्ख्या नपुग्ने बताउनुभयो ।
उहाले भन्नुभयो, “सूचीबाट नाम हटेपछि आवश्यक सङ्ख्या ५०० भन्दा कम हुन्छ नेकाको विधानअनुसार जनसम्पर्क समिति बेल्जियमले महाधिवेशनमा भाग लिन मिल्दैन ।”
घिमिरेले समितिमा आवश्यक सङ्ख्या नपुग्ने भन्दै उजुरी दर्ता गरेको र पार्टीले त्यसलाई आवश्यक सुनुवाई गर्नुपर्ने बताउनुभयो ।
Friday, March 4, 2016
विदेशी नागरिकता लिएकालाई प्रतिनिधी बनाएको भन्दै आपत्ती
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment