Saturday, March 5, 2016

बालकको डुबेर मृत्यु, किशोरीको हत्या

इटहरी, २२ फागुन । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–७ स्थित चौधरी समुदायले निर्माण गरेको प्राचीन पोखरीमा आज दिउँसो साथीसँग मिलेर पौडी खेल्दै नुहाउन पोखरीमा केराको थामसहित पसेका दुई बालकमध्ये एक बालकको डुबेर मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार गोमा राईका अन्दाजी १२ वर्षीय छोरा कृष्टल राई केराको थामसँगै साथीसँग पोखरीको बीचभागमा पुगेपछि दुवै जना पोखरीको बीचभागमा अत्तालिएर कहाल्लिइरहेका अवस्थामा थाहा पाउनेले तत्काल उद्धार गर्दा कृष्टलको मृत्यु भइसकेको अवस्थामा बाहिर निकालिएको र अर्का बालक भने जीवित नै बाहिर निकाल्न सफल भएको प्रहरी नायब उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी, एक अज्ञात समूहले इटहरी उपमनपा–२ निवासी अन्दाजी १३ वर्षीया बालिका सपना भुजेललाई हत्या गरेर फालिएको अवस्थामा इटहरी–३ स्थित बुढीखोला किनारमा उनको शव फेला परेकाले उनको कसले र के कारणले हत्या गरेको हो भन्ने विषयमा खोज अनुसन्धान भइरहेको पनि इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts