काठमाडौँ, ४ चैत । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले कालोबजारी नियन्त्रणका क्रममा काठमाडौँ उपत्यकाका १६ व्यापारीलाई आज सचेत गराएको छ ।
अनेरास्ववियुले आजदेखि सुरु गरेको ‘कालोबजारी नियन्त्रण अभियान’अन्तर्गत बालाजु तथा त्यस वरपर क्षेत्रको अनुगमनमा ती व्यापारीले खाद्य सामग्रीको मूल्यसूचीभन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएको युनियनका उपाध्यक्ष महेश बर्तौलाले बताउनुभयो ।
एक सातासम्म सञ्चालन हुने उक्त अभियानमा कालोबजारीलाई पहिचान गरी प्रहरी प्रशासनलाई बुझाइने कार्यक्रम छ । सोही स्थान आसपासका दुई पेट्रोल पम्पले प्रतिलिटर पेट्रोलमा १०० एमएल कम बिक्री गरेको पाइएकाले उनीहरुलाई पेट्रोल पम्पमा प्राविधिक सुधार गरी बिक्री गर्न सचेत गराइएको छ । रासस
No comments:
Post a Comment