Saturday, March 19, 2016

सडक दुर्घटनामा एकको मृत्यु

महेन्द्रनगर (धनुषा), ६ चैत । धनुषाको सघारा वडा नं ७ स्थित आज साँझ हुलाकी सडकखण्डमा भएको सडक दुर्घटनामा परेर एकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार जनकपुरबाट सघारातर्फ जाँदै गरेको ज१ख ६१५ नंको बसले विपरीत दिशातर्फ आउँदै गरेको एक साइकलयात्रीलाई ठक्कर दिँदा लक्कड–९ बस्ने ५० वर्षीय कुशेश्वर साहको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा रहेको र बसका चालक फरार रहेकाले उसको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts