काठमाडौँ, ५ चैत । पत्रकार सचित राईद्वारा लिखित ‘माङ्खिम’ शीर्षक पुस्तकको आज यहाँ लोकार्पण गरिएको छ ।
इलामका राई तथा किरातका देवताको घरलाई आधुनिक परिस्थितिमा व्याख्या गरिएको सो पुस्तकमा देवताप्रतिको आस्था र समाजमा समानताको व्याख्या गरिएको छ ।
सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले साहित्यकारले आफूभित्रको इमान्दारी र देशप्रतिको बफादारी प्रकट गर्न सक्यो भने मात्र समाजप्रति न्याय हुन्छ भन्नुभयो । प्राज्ञ श्रवण मुकारुङले साहित्यकारलेसाहित्य सिर्जना गर्दा कठोर परिश्रम गर्न सकेमा मात्र पुस्तक समाजको आकर्षकको केन्द्र बन्न सक्ने बताउनुभयो । रासस
No comments:
Post a Comment