Saturday, March 19, 2016

खानेपानी र शौचालयको सामान्य पहुँच

जाजरकोट, ६ चैत । यहाँका छत्तीस प्रतिशत विद्यालयमा मात्र खानेपानी र शौचालयको सामान्य पहुँच पुगेको पाइएको छ ।

जिल्लाका कुल ४४० विद्यालयमध्ये १६४ विद्यालयमा शौचालय भएर सामान्य प्रयोग भएको पाइएको हो । त्यस्तै २२५ विद्यालयमा सामान्य खानेपानीको पहुँच पुगेको तथ्याङ्क सार्वजनिक भएको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार ८१ वटा विद्यालय मात्र बालमैत्री छन् ।

त्यस्तै १८४ विद्यालयमा घेरवार रहेको र बाँकी विद्यालय घेरावारविहीन भएको कार्यालयले जनाएको छ ।

पानीको अभावका कारण शौचालयसमेत प्रयोगमा आउन सकेका छैनन् । केही विद्यालयमा भने खोलाबाट विद्यार्थी र शिक्षक मिलेर पानी बोकेर शौचालय प्रयोग गर्न बाध्य भएको पाइएको छ । छात्रछात्रा शौचालय छुट्टाछुट्टै नहुँदा थप समस्या भएको विद्यार्थीले गुनासा गरेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts