Sunday, March 27, 2016

जिल्लामै पहिलोपटक विद्युतीय बैंकिङ सेवा

सोलुखुम्बु, १५ चैत । हिमाली जिल्ला सोलुखुम्बुमा पहिलोपटक विद्युतीय बैंकिङ सेवा सुरु भएको छ ।

कृषि विकास बैंक शाखा कार्यालय सल्लेरीले विद्युतीय सेवा सञ्चालनमा ल्याएपछि सेवाग्राहीलाई सहज भएको छ । सोलुखुम्बुमा कृषि विकास, वाणिज्य, सगरमाथा फाइनान्स र एनएमबी बैंक मात्र छ । तर कृषि विकास बैंक शाखा कार्यालय सल्लेरीले विद्युतीय बंैकिङ सेवा सञ्चालनमा ल्याएपछि जिल्लामा नभएका बैंकको चेकको रकम समेत कृषि विकास बैंकले विद्युतीय बैंकिङ सेवामार्फत दिन थालेपछि सहज भएको हो ।

विद्युतीय सेवा सुरु भएपछि सर्वसाधारणले नेपाल राष्ट्र बैंकमा दर्ता भएका १२५ वटा बैंकका चेकको रकम दिने गरेको कृषि विकास बैंक शाखा कार्यालय सल्लेरीका प्रबन्धक कोमलप्रसाद सिटौलाले जानकारी दिनुभयो । विद्युतीय बैंकिङ सेवा सुरु भएपछि जुनसुकै बैंकको चेक यस कृषि विकास बैंकबाट नै भुक्तानी हुन्छ ।

कृषि विकास बैंक शाखा कार्यालय सल्लेरीमा भुक्तानी लिन आउनु भएका पर्खराम राई भन्नुहुन्छ “सोलुखुम्बुमा शाखा नभएका बैंकको पनि चेक साटिदिने रहेछ । मैले त सजिलो तरिकाले रकम पाएको छु ।” रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts