काठमाडौँ, २४ फागुन । नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा सभापति पदमा कुनै पनि उम्मेदवारले निर्वाचित हुन आवश्यक मत ल्याउन नसकेपछि अहिले ३ बजेबाट दोस्रोपटक मतदान सुरु भएको छ ।
पार्टीको विधानबमोजिम काँग्रेस इतिहासमा पहिलोपटक सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुन लागेको हो । आइतबारको पहिलो मतदानमा सभापति पदमा तीनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि पुनः दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।
निर्वाचनका लागि महिला र पुरुषको दुई लाइनमा मतदाता निर्वाचनस्थल राष्ट्रिय सभागृहमा तयार भइसकेका छन् । निर्वाचन समितिले आज दिउँसो २ देखि ५ बजेसम्मको समय निर्धारण गरेपनि एक घण्टा ढिलो गरी मतदान सुरु भएको हो ।
पहिलो निर्वाचनमा सभापतिका प्रत्याशी शेरबहादुर देउवाले एक हजार ५६४ र रामचन्द्र पौडेलले एक हजार १६० मत प्राप्त गर्नुभएको थियो । अर्का प्रत्याशी कृष्णप्रसाद सिटौलाले ३२४ मत प्राप्त गर्नुभएको थियो । रासस
No comments:
Post a Comment