Monday, March 21, 2016

मलमूत्र ख्वाउने पक्राउ

गाईघाट (उदयपुर), ८ चैत । सुन्दरपुर गाविस–५ का सहरीदेवी सदालाई बोक्सीको आरोप लगाएर कुटपिट तथा मलमूत्र ख्वाउने एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीयवासी देवकी सदा छिन् । सोही स्थानका सञ्जय सदा भने फरार रहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

यही चैत ६ गते बिहान देवकी र सञ्जय सहितको टोलीले सहरीदेवीका घरमा आएर उनी बोक्सी भएको भन्दै मलमूत्र खुवाएको पीडितलाई उद्धृत गर्दै बेल्टारका प्रहरी निरीक्षक भीमप्रसाद सिलवालले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts