Saturday, March 19, 2016

मासु पसलको अनुगमन

मलेखु (धादिङ), ६ चैत । जिल्ला सदरमुकाम धादिङबेसीमा सञ्चालित मासु पसलको आज अनुगमन गरिएको छ ।

भूकम्पपछि अधिकांश मासु पसल अव्यवस्थित बनेकाले सुधार गराउन भन्दै जिल्ला पशु सेवा कार्यालय धादिङको अनुमगन टोलीले पसलहरुको अनुगमन गरेको हो ।

मासु पसलमा सुधार ल्याउन र गुणस्तरीय मासु बिक्री गराउने उद्देश्यले धादिङबेंसीमा बजारमा रहेका मासु पसलको अनुगमन गरिएको जिल्ला पशु सेवा कार्यालय धादिङका प्रमुख देवेन्द्र भगवतले बताउनुभयो ।

धादिङबेंसीमा सञ्चालनमा रहेको मासु पसलेले न्यूनतम मापदण्ड समेत पूरा नगरी व्यवसाय सञ्चालन गरिरहेको अनुगमनको क्रममा पाइएको छ ।

अनुगमनले दर्ताबिना नै साना मासु पसल सञ्चालनमा रहेको, मापदण्ड विपरीत खुल्ला स्थानबाट मासु बिक्री गर्ने गरेको र मासु पसलसँगै अन्य पसल पनि सञ्चालनमा रहेको फेला पारेको जिल्ला पशु सेवा कार्यलयका पशु चिकित्सक डा. शिखा तिवारीले अनुगमनको क्रममा बताउनुभयो ।

यसअघि अनुगमन गर्दा पसल सुधार गर्न पटक÷पटक चिठी छाडिएका पसलले समेत गुणस्तरमा सुधार नगरेको पाइएको भए पनि पुनः चेतावनी दिएर मासु पसललाई छाडिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts