तनहुँ, २६ फागुन । रोट¥याक्ट क्लब अफ दमौलीको आयोजनमा रोट¥याट सप्ताह कार्यक्रम अन्तर्गत आज सञ्चारकर्मी र रोट¥याट क्लबबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।
उक्त खेलमा आयोजक रोट¥याक्ट क्लब दमौली एक गोलका विरुद्ध तीन गोलले विजयी भएको छ ।
उक्त क्लबको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । संस्थाले एक सातासम्म विभिन्न सामाजिक कार्यक्रम गर्नेछ । रासस
No comments:
Post a Comment