Sunday, March 6, 2016

प्रधानमन्त्रीबाट ‘सांस्कृतिक रुपान्तरण : एक विमर्श’ विमोचन

काठमाडौँ, २३ फागुन । साझा प्रकाशनद्वारा प्रकाशित राजनीतिक तथा साहित्यकार प्रदीप ज्ञवालीद्वारा लिखित ‘सांस्कृतिक रुपान्तरण ः एक विमर्श’ नामक पुस्तकको आज यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले लोकार्पण गर्नुभयो ।

प्रधानमन्त्री ओलीले ऐतिहासिक र नेपाली मौलिकताकोे प्रवद्र्धन गर्दै वैज्ञानिक समाज अनुकूल राष्ट्रिय मर्यादित संस्कृति निर्माणमा लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रभन्दा पृथक पहिचान खोज्ने प्रवृत्ति गलत छ, पुर्खाले मेहनत गरेर बनाएको संस्कृतिलाई उन्नत र वैज्ञानिक बनाउनुपर्छ, यसमा परिवर्तनका लागि केही समय लाग्छ ।”

प्रधानमन्त्री ओलीले आर्थिक रुपमा डुबेको साझा प्रकाशनलाई माथि उठाउन सरकारबाट सहयोग हुने प्रतिबद्धता पनि दोहो¥याउनुभयो ।

कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले संस्कृतिको संरक्षण र रुपान्तरणलाई जीवनका रङ्गसँग जोडेर प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाले संस्कृति संरक्षण र साहित्यिक उन्नयनका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।

पुस्तकका लेखक ज्ञवालीले मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरे पनि सांस्कृतिक रुपान्तरण नभएको सन्दर्भमा पुस्तक लेखिएको बताउनुभयो ।

पुस्तकका समीक्षक वासुदेव अधिकारी र तुलसी दिवसले राजनीतिक र संस्कृतिबीचको सहसम्बन्ध जोड्न र समुन्नत समाज तथा संस्कार निर्माणमा पुस्तक सहयोगी हुने टिप्पणी गर्नुभयो ।
साझा प्रकाशनमा पहिलोपटक प्रधानमन्त्री

भाषा साहित्यको श्रीवृद्धिका लागि १९७० सालमा ‘गोर्खा भाषा प्रकाशिनी समिति’ हुँदै साझा प्रकाशन भएको सो संस्थाको पुल्चोकस्थित परिसरमा आज पहिलोपटक बहालवाला प्रधानमन्त्री पुग्नुभएको छ ।

प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले उत्साहित हुँदै विद्यालय तहका पाठ्यपुस्तक वितरणमा खोसिएको अधिकार पुनःबहाली हुनुपर्ने, एकपटकका लागि रु ४० करोड रकम अनुदान दिन आग्रह गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts