Saturday, March 19, 2016

समाजसेवी पन्त सम्मानित

काठमाडौँ, ६ चैत । कोइराला सेवा समितिले डोटीका समाजसेवी हरिप्रसाद पन्तलाई ‘डिठ्ठा कुलप्रसाद कोइराला सम्मान’द्वारा सम्मानित गरेको छ ।

समितिद्वारा आज यहाँ आयोजित कार्यक्रममा पन्तलाई सम्मान गर्दै उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेपाली राजनीति परिवर्तनका लागि कोइराला परिवारले पु¥याएको योगदानलाई बिर्सन नहुने बताउनुभयो ।

नेपालमा प्रजातन्त्र स्थापनार्थ विपी कोइरालाले गरेको योगदानकै कारण नेपालमा राजनीति परिवर्तन सम्भव भएको बताउँदै उहाँले कोइराला परिवार साहसी भएकै कारण नेपालमा संविधान आएको दाबी गर्नुभयो ।

कार्यक्रममा सासंद रवीन्द्र कोइराला, पूर्वमन्त्री शङ्कर कोइराला, समाजसेवी अनुराधा कोइरालालगायतले समितिले सामाजिक परिर्वतनका लागि गरिरहेको कार्यको प्रशंसा गर्दै यस्ता कार्यमा आफ्नो साथ सहयोग सधैँ रहने बताउनुभयो ।

समितिका अध्यक्ष रुबयनाथ कोइरालाले २०५२ सालमा स्थापित समितिले ४५ जिल्लामा शाखा विस्तार गरिसकेको जानकारी दिँदै देवघाटमा वृद्धवृद्धा, तीर्थालुका लागि बस्ने स्थान, धार्मिक पुस्तक बिक्रीवितरण केन्द्रलगायतका विभिन्न सेवासुविधासहितको भवन निर्माण गरिन लागेको बताउनुभयो ।

कार्यक्रममा समितिका महासचिव जीवनचन्द्र कोइरालाले लेख्नुभएको ‘कोइराला वंशका चार प्रधानमन्त्री’ पुस्तक सार्वजनिकसमेत गरिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts