Tuesday, March 22, 2016

मानव बेचबिखन र कीर्ते गरेको आरोपमा पक्राउ

रत्ननगर (चितवन), ९ चैत । मानव बेचबिखन र कीर्ते गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले आज सूचना जारी गरी सो विवरण सार्वजनिक गरेको हो धादिङ, मकवानपुर र झापाका तीन महिलालाई विदेश पठाइदिन्छु भनी प्रलोभनमा पारी चितवनबाट भारततर्फ लैजाने क्रममा तीन जनालाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख सत्यनारायण थापा नेतृत्वको टोलीले उनीहरुलाई यही फागुन ७ गते पक्राउ गरी कारबाही थालिएको प्रहरीले जनाएको छ । सो क्रममा एक महिलाको समेत उद्धार गरिएको छ । पक्राउ परेकाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार ऐनअनुसार मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै प्रहरीले आजै सार्वजनिक गरेको अर्काे सूचनामा कीर्ते गर्ने व्यक्तिलाई पक्राउ गरेको जनाइएको छ । साबिक बछौली गाविस ०–१९–१४ को कित्ता जग्गा नक्कली व्यक्ति खडा गरी नक्कली कागज बनाएर अर्कैको नाममा बिक्री गरी धितो राखेर करोडौँ रकम निकालेको आरोपमा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts