रत्ननगर (चितवन), २८ फागुन । गाडीको ढोकाबाट खसेर त्रिशूली नदीमा बेपत्ता एक व्यक्ति बिहिवार मृत फेला परेका छन् ।
फागुन २२ गते मुग्लिङ–नारायगणगढ सडकखण्डअन्तर्गतको चञ्डिभन्ज्याङ–६ मा बसको ढोकाबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका नवलपरासी रामनगर निवासी बसका सहचालक लक्ष्मण अर्यालको शव फेला परेको चितवन प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिङको प्रहरी टोलीले बिहीबार चञ्डिभन्ज्याङ–६ स्थित त्रिशूली नदी किनारमा सहचालक २५ वर्षीय लक्ष्मण अर्याललाई मृत अवस्थामा फेला पारेको जनाइएको छ ।
भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको लु १ ख ८२८३ नंको बसको ढोकाबाट अर्याल खसेका थिए । २२ गतेदेखि नै उनको अवस्था अज्ञात थियो ।
अहिले शव परीक्षणका लागि भरतपुर अस्पातालमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । रासस
No comments:
Post a Comment