Monday, March 7, 2016

यो निर्वाचन औपचारिकता मात्रै : देउवा

काठमाडौँ, २४ फागनु । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सभापतिका लागि आफ्नो जित सुनिश्चित भएको र यो निर्वाचन औपचारिकता मात्रै बताउनुभएको छ ।

सभापतिका लागि दोस्रो चरणको निवार्चनमा मतदान गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले आजको निर्वाचन औपचारिकता मात्र भएको दाबी गर्नुभएको हो ।

उहाँले निर्वाचित भएपछि पनि पराजय हुने नेताहरु सबैलाई मिलाएर लाने र पार्टीलाई एक ढिक्का बनाउने दृढता व्यक्त गर्नुभयो । आइतबारको पहिलो मतदानमा सभापति पदमा तीनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि पुनः दोस्रो चरणको निर्वाचन अहिले भइरहेको छ ।

निर्वाचन समितिले मतदानका लागि अपराह्न २ बजेदेखि ५ बजेसम्मको समय निर्धारण गरेको छ ।

पहिलो निर्वाचनमा सभापतिका प्रत्याशी शेरबहादुर देउवाले एक हजार ५६४ र रामचन्द्र पौडेलले एक हजार १६० मत प्राप्त गर्नुभएको थियो । अर्का प्रत्याशी कृष्णप्रसाद सिटौलाले ३२४ मत प्राप्त गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts