Saturday, March 5, 2016

काँग्रेस महाधिवेशनमा रामचन्द्रको नाममा तिवारीको आर्थिक चलखेल

काठमाडौ, २३ फागुन। नेपाली काँग्रेसको १३ औँ महाधिबेशनमा निति तथा कार्यक्रमलाई ओझेलमा पार्दै पार्टिको पदिय दायित्वको दुरुपयोग गरेर  पैसा समेतको चलखेल मार्फत नेतृत्व हत्याउन केही व्यक्तिहरु सक्रिय रहेको खुलासा भएको छ ।

संस्थापन पक्ष रामचन्द्रको नाममा त्यसरी पार्टी र पदलाई सौदाबाजी गर्ने ब्यक्ति भने अरु कोही नभएर पार्टी सम्हाल्दै आएका मुख्य सचिब ऋषिकेश तिवारी हुन ।  विभिन्न मुलुकवाट महाधिवेशनमा सहभागि हुन  आएका जनसंपर्क समितिका प्रतिनीधिहरु चयनको सुरुवातमै मोटो रकमको लेनदेनबाट प्रतिनिधिहरु सिफारिस गरिएको खुलासा  भएको छ ।
मुख्य सचिव तिवारीले केही मुलुकका जनसम्पर्क समितिमा महाधिवेशन प्रतिनिधि छनौट गर्ने क्रममा नितिगत त्रुटी भए पछी उत्पन्न बिबादको फाईदा लिदै संस्थालाई  बद्नाम हुने गरी गरिएको  गतिबिधीबाट वेल्जियमवाट आएका प्रतिनिधीलहरुले प्रत्यक्ष  भोग्नु परेको छ ।
जनसंपर्क समितिका कृयाशिल सदस्यहरुको भेलाबाट महाधिबेशन प्रतिनिधि चयन गर्नु गराउनु भन्ने नियम र केन्द्रको निर्देशनात्मक परिपत्र भए पछि बेल्जियम पोर्तुगल लगायतका केही मुलुकमा प्रतिनिधि छनौट समितिले भेला नगरि आफ्नो अनुकुल प्रतिनिधि समितिले छनौट गरे पछि न्याय र अधिकारको लागि त्यहाका असन्तुष्ट कार्यकर्ताहरुले कृयाशिल सदस्यहरुको छुट्टै भेला गरी हस्ताक्षर सहित केन्द्रमा उपस्थित भएर बुझाएका थिए । तर केन्द्रले नै उर्दी गरेको परिपत्रको खिलापमा केन्द्र आँफैले आर्थिक लेनदेनलाई आधार बनाएर प्रतिनिधि छनौट गरिएकोमा त्यस्को भन्डाफोर गर्दै जाने कुरा  वेल्जियमवाट महाधिवेशनमा सहभागि हुन आएकी जनसम्पर्क समितिकी जानकी गुरुङ्गले बताईन् ।
प्रतिनिधि पास लिन जाँदा सुरुमा मुख्य सचिव तिवारीले आधा घण्टापछि आउनु भनेको र पछि जाँदा अर्कै लाई प्रतिनिधि बनाएर पठाएको उनले बताईन् । बेल्जियमलाई जस्तै अन्याय बेलायत पोर्तुगल र अष्ट्रेलियालाई समेत मुख्य सचिब तिवारीले बेइमानी र धोका दिएका छन । कार्यलयमा बिहान देखी बेलुका सम्म न्यायको प्राप्तिको लागि धर्ना दिएर बसेका जनसंपर्कका कार्यकर्ताहरुबाट बच्न तिवारीले मध्य रातमा कार्यालय छिरी अन्य फाइलहरु रुजु गर्ने गरेको बताईएको छ ।
‘यसरी पैसाको बलमा प्रतिनिधि बन्नेमा बेल्जियमका  गंगाधर गौतम, सीता सापकोटा, सुवास जोशी, सुवास गुरुङ्ग, कमल पन्थी, बलिराम झा, राम थापा छन् । यस्तै घटना वेलायत, अष्ट्रेलियावाट आएका प्रतिनिधिले पनि भोग्नु परेको छ ।’
जनसम्पर्कवाट आएका पुराना व्यक्तिहरुलाई भन्दा पनि पैसा बढि दिनेलाई प्रतिनिधि बनाईएको हो । मुख्य सचिव तिवारीले रामचन्द्र पौडेलको पक्षमा पैसा खर्च जुटाउन यस्तो क्रित्य गरेका हुन् त रु भन्ने जिज्ञासामा बेल्जियमकी जानकी गुरुङ भन्छिन ूरामचन्द्र दाइले यस्तो काम गर्नमा निर्देशन दियो होला भनेर अनुमान पनि गर्न सक्तिन र वहाँबाट त्यस्तो गलत काम  हुन्न तर तिवारीजिले आफ्नो पदको दुरुपायोग र आर्थिक प्रलोभनमा पर्नु भएको हो भन्नेमा चाँही  वहाँको काम र  व्यबहारले प्रष्ट पार्योू।  स्मरण रहोस मुख्य सचिव तिवारीले रामचन्द्र पौडेलको नाम बेचेर कार्यकर्ताबाट  पैसा खर्च गर्न रकम जुटाउने  गरेको वुझिएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts