Monday, April 4, 2016

खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारी

खोटाङ, २३ चैत । खोटाङ जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणाको पहल थालिएको छ ।

जिल्लाका ७२ गाविस र एक नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणा भएसँगै सिङ्गो जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणाको पहल थालिएको हो ।

गाविसलाई गत जेठ १६ गतेअघि तथा नगरपालिकालाई चैत ७ गते खुला दिसामुक्त क्षेत्र घोषणा गरेपछि जिल्लालाई घोषणा गर्ने बाटो खुलेको छ । जिल्लालाई खुला दिसामुक्त घोषणाका लागि क्षेत्रीय सरसफाइ तथा स्वच्छता समन्वय समिति (आरएससिसी) धनकुटाका संयोजक मोहन धिताल नेतृत्वको पाँच सदस्यीय टोलीले अन्तिम अनुगमन गरेको छ ।

आरएससिसी नेतृत्वको टोलीले पाथेका–२, नेर्पा–८, दिक्तेल नगरपालिका–४, नुनथला–१, बुइपा बजार र दिक्तेल नगरपालिका–११ मा निर्मित शौचालयको अवस्थाका विषयमा अनुगमन गरेको जनाइएको छ । अनुगमनपछि फर्किएको आरएससिसीको अनुमतिपछि जिल्लालाई खुला दिसामुक्त घोषणा गरिने खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालय खोटाङका प्रमुख विजयकुमार ठाकुरले बताउनुभयो ।

आरएससिसीको अनुमतिपछि मात्र जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणाको मिति तय हुने ठाकुरले जानकारी दिनुभयो । सन् २०१५ भित्रै जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने गरी अभियान चलाइए पनि विविध कारणले सन् २०१६ मा मात्र जिल्ला खुला दिसामुक्त हुन लागेको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts