Monday, April 4, 2016

एमाले पोलिटब्युरो बैठकमा सरकारको प्रभावकारिताबारे छलफल हुने

काठमाडौँ, २२ चैत । लामो समयको अन्तरालपछि नेकपा (एमाले)को पोलिटब्युरोको बैठक मङ्गलबारदेखि पार्टी केन्द्रीय कार्यालय, धूम्रबाराहीमा बस्दैछ ।

यही चैत २७–३० मा काठमाडौँमा केन्द्रीय कमिटीको बैठक तय भएको सन्दर्भमा पोलिटब्युरो बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीन भ्रमणको समीक्षा, सरकारको प्रभावकारिता, संविधानको कार्यान्वयन, पार्टीका विभाग र अञ्चल कमिटीमा सदस्य मनोनयन लगायत विषयमा छलफल हुने बुझिएको छ ।

स्थायी कमिटीको चैत १७ गतेको बैठकमा केन्द्रीय विभाग र सल्लाहकार समितिमा मनोनयनबारे छलफल भए पनि विवादका कारण निर्णय भएको थिएन । स्थायी कमिटीको यसअघिको निर्देशनबमोजिम केन्द्रीय सचिवालयले गृहकार्य गरी महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेकोे प्रस्तावमा केही नेताले असन्तुष्टि जनाएका थिए । सोबारे सहमति जुटाउन एमालेका शीर्ष नेताबीच अनौपचारिक छलफल भइरहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts