फर्पिङ (काठमाडौँ) , ६ वैशाख । राष्ट्रसङ्घीय शिक्षा, विज्ञान र संस्कृति सङ्गठन (युनेस्कोका महानिर्देशक इरिना बोकोभाले नेपालको पारिवारिक साक्षरता शिक्षा प्रभावकारी रहेको बताउनुभएको छ ।
शिखरापुर सामुदायिक अध्ययन केन्द्र फर्पिङको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले पारिवारिक साक्षरता कार्यक्रमबाट धेरै आमा साक्षर भएको देख्न पाएकामा खुसी व्यक्त गर्नुभयो । “मैले घरैमा खाना पकाउने, बालबालिकाको स्याहारसुसार गर्ने र घरको रेखदेख गर्दै आएका आमाहरुको जीवन उज्यालो देखेँ । ” उहाँले भन्नुभयो ।
नेपालको हरेक क्षेत्र सम्पदायुक्त रहेकाले त्यसको जगेर्नामा समेत साक्षरता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्न सकिनेमा उहाँको जोड थियो ।
संस्थाका संस्थापक निरोज श्रेष्ठले साक्षरता कार्यक्रमले धेरै आमा साक्षर हुन सफल भएको बताउनुभयो । संस्थाबाट सञ्चालित शिक्षाबाट वार्षिक पाँच सय बढी आमा लाभान्वित भएको जनाइएको छ । रासस
No comments:
Post a Comment