Friday, April 15, 2016

जिप दुर्घटनामा मृत्यु

धनगढी, ३ वैशाख । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने कैलालीको घोडाघोडी सडक खण्डमा भएको जिप दुर्घटनामा परी घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।

से १ ज ४३० नं को उक्त जिप दुर्घटनाबाट घाइते भएका घोडाघोडी नगरपालिका—१ का १७ वर्षीय प्रकाश बडुवालको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेजमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गए राति सडकमा पल्टिएर भएको जिप दुर्घटनाबाट सात जना घाइते भएकामा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts