Sunday, April 24, 2016

एमाले झापाको क्षेत्र नं ७ मा नयाँ नेतृत्व

दमक, ११ वैशाख । नेकपा (एमाले) क्षेत्र नं–७ कमिटी, झापाको क्षेत्रीय अध्यक्षमा बोधराज न्यौपाने निर्वाचित हुनुभएको छ ।

आज दमकमा सम्पन्न तेस्रो क्षेत्रीय अधिवेशनको निर्वाचनबाट उहाँ अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो । अध्यक्षका उम्मेदवार तुलसीप्रसाद निरौलाले उम्मेदवारी फिर्ता लिएपछि न्यौपाने आगामी तीन वर्षका लागि अध्यक्ष चयन हुनुभएको हो । क्षेत्र नं ७ एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको गृहक्षेत्र पनि हो ।

त्यस्तै, क्षेत्रीय कमिटीको उपाध्यक्षमा जगबहादुर राई, सचिवमा विश्व वराल, उपसचिवमा महेन्द्र खड्कासमेत सर्वसम्मत निर्वाचित हुनुभएको गठित निर्वाचन समितिका संयोजक गजेन्द्र आचार्यले जानकारी दिनुभयो ।

यसैगरी, पार्टीको दमक नगर इन्चार्जमा अम्बिका खनाल, धरमपुर इन्चार्जमा कुलबहादुर बस्नेत चयन हुनुभएको छ । सञ्चारकर्मीको कोटामा मोहनप्रसाद अधिकारी र विद्यार्थीको कोटाबाट खगेन्द्रराज अधिकारी चयन हुनुभएको निर्वाचन समितिका सदस्य खेम बगालेले जानकारी दिनुभयो । यसअघि नै क्षेत्रीय समितिको लखनपुर इन्चार्जमा सुरेन्द्र देवान निर्विरोध निर्वाचित हुनुभएको थियो ।

क्षेत्रीय सदस्यका लागि आदिवासी, दलित, मजदुर, युवा र उद्योगीतर्फ निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । रासस
–––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts