Sunday, April 3, 2016

सञ्चार उद्यमी अग्रवालको मृत्यु

सुनसरी, २२ चैत । सञ्चार उद्यमी एवम् उद्योग वाणिज्य सङ्घ इटहरीका उपाध्यक्ष सुनिल अग्रवालले आज बिहान आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ ।

व्यापारिक क्षेत्रमा आर्थिक नोक्सानीको भारले मानसिक तनावमा रहनुभएका अग्रवालले बिहान आफ्नै घरको पङ्खामा झुन्डिएर आत्महत्या गरेको खुल्न आएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक ओमप्रसाद अधिकारीले व्यापारी अग्रवालले व्यापारमा भएको नोक्सानीका कारणले आत्महत्या गरेको हुन सक्ने बताउनुभयो ।

इटहरीस्थित नमस्ते एफएम सञ्चालक समिति अध्यक्ष तथा अरु विभिन्न सामाजिक सङ्घसंस्थामा समेत संलग्न रहँदै आएका अग्रवाल खास गरी मधेस आन्दोलनले व्यापार चौपट हुन पुगेपछि अझै तनावमा रहने गरेको बताइएको छ ।

मृतक अग्रवालको एक छोरा, एक छोरी र श्रीमती छन् । उनको पार्थिव शरीरलाई आजै परीक्षणपछि जातीय संस्कारअनुसार अन्त्येष्टि गरिने जनाइएको छ ।

अग्रवालको मृत्युले इटहरी क्षेत्रका उद्योगी व्यापारीमा अपूरणीय क्षति पुगेको उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष रोहित प्रसाईंले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts