नेपालगन्ज, ३ वैशाख । यहाँ सञ्चालित प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको फाइनलमा भारतको रेल्वे र सशस्त्र प्रहरी टिमले आप्mनो स्थान सुरक्षित गरेका छन् ।
प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा रेल्वेले भारतकै उत्तर प्रदेशलाई २८–२६, २५–२१ र २५–८ को सोझो सेटमा पराजित गरेको थियो ।
त्यसैगरी अर्को सेमिफाइनल खेलमा सशस्त्र प्रहरीले काठमाडौँको न्यु डायमन्डलाई २५–१५, २५–१९ र २५–१९ अङ्क अन्तरले पराजित गरेको हो । प्रतियोगिताको फाइनल खेल भोलि स्थानीय रङ्गशालामा हुने जनाइएको छ । रासस
No comments:
Post a Comment