जनकपुरधाम, २३ चैत । विभिन्न आपराधिक घटनाका अभियुक्त निलम्बित सांसद सञ्जयकुमार साहलाई सञ्चार उद्यमी अरुण सिंघानियाको हत्या घटनामा पनि दोषी देखिएका सन्दर्भमा अनुसन्धानका लागि जनकपुर ल्याइएको छ ।
सिंघानिया हत्याका योजनाकार भनी पक्राउ परेका चनरदीप यादवले दिएको बयानका आधारमा साहलाई काठमाडौँबाट यहाँ ल्याइएको हो । विसं २०६६ फागुन १७ गते सिंघानियालाई हतियारधारी समूहले गोली प्रहार गरी हत्या गरेको थियो ।
यही चैत १७ गते यादव जनकपुरबाट पक्राउ परेपछि बयानका क्रममा सिंघानिया हत्याका योजनाकार साह भएको बताइएको आधारमा घटनाको थप अनुसन्धानका लागि साहलाई यहाँ ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
साह रामानन्द चोक बमकाण्ड र हातहतियारसम्बन्धी अपराधका पनि अभियुक्त हुन् । यसअघि साहलाई प्रहरी हिरासतमा काठमाडौँमा राखी अनुसन्धान भइरहेको थियो । रासस
No comments:
Post a Comment