Monday, April 25, 2016

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

वालिङ, १३ वैशाख । स्याङ्जाको भिरकोट नगरपालिका–५ हेलुमा आज भएको ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर छ । वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार हेलुबाट ढुङ्गा लिएर वालिङतर्फ आउँदै गरेको ग१त २५५७ नंको ट्र्याक्टरको ट्रली खुस्किएर उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी भिरकोट नपा वडा नं ३ बस्ने २० वर्षीय विनोद माझीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा तथा भिरकोट नपा–३ का १४ वर्षीय रोमकान्त बोटेको कालिका सामुदायिक अस्पताल हेलुमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । रासस
––––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts